close

एआई र ब्लकचेनमा केन्द्रित राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्दै सरकार

टेकपाना टेकपाना

जेठ ९, २०८२ १७:५०

एआई र ब्लकचेनमा केन्द्रित राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्दै सरकार

काठमाडौँ । सरकारले एआई तथा ब्लकचेनमा केन्द्रित राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्ययोजना २०८२ मा सरकारले एक वर्षभित्र राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना ल्याइएको छ ।  

यो केन्द्रले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र डिजिटल पूर्वाधार साथै साइबर सुरक्षालाई प्रवर्द्धन गर्न काम गर्ने बताइएको छ । 

सरकारले इन्जिनियरिङ अध्ययन संस्थान, काठमाडौँ विश्वविद्यालय र निजी क्षेत्रका सूचना प्रविधि कम्पनीहरूको संलग्नता र सहकार्यमा 'राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र' स्थापना गरिने कार्ययोजनामा उल्लेख छ । यसको लागि समयसीमा एक वर्षको तोकिएको छ । 

यसको स्थापनामा जिम्मेवार निकायको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुनेछ भने अनुगमन/सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १८:४