काठमाडौँ । फेसबुकले तपाईँको फ्रेन्ड लिस्टको आधारमा फ्रेन्ड सजेस्ट अर्थात् नयाँ नयाँ साथीहरूको नाम सुझाउँछ जसलाई तपाईँ आफ्नो साथी बनाउन सक्नुहुन्छ । तर कहिलेकाही आफ्नो फिडमा आवश्यक कुरा भन्दा पनि ‘पिपल यु मे नो’ (तपाईँले चिन्नसक्ने व्यक्ति) भन्ने फेसबुकको सजेसन (सल्लाह) आएर नै हैरान भइन्छ । हुन त साथीको दायरा बढाउनका लागि यस्ता फिचर काम पनि लाग्छ । तर फिड नै हेर्न दिक्क समेत बनाउँछ । नचाहेको व्यक्तिको प्रोफाइल बारम्बार फिडमा आइरहँदा दिक्क लाग्नसक्छ । यसकै लागि भनेर मेटाले एउटा राम्रो काम भने गरेको छ । यदि तपाईँलाई पिपुल यु मे नो भनेर आउने फ्रेन्ड सजेसन मन पर्दैन भने तपाईँ सहजै यो सजेसनलाई बन्द पनि गर्न सक्नुहुन्छ ।
कसरी बन्द गर्ने फेसबुक फ्रेन्ड सजेसन ?
- आफ्नो फेसबुक प्रोफाइल खोलेर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) अप्सनमा जानुहोस् । यसका लागि आईफोन प्रयोगकर्ताले आफ्नो फेसबुक प्रोफाइलको दायाँतिर सबैभन्दा तल भएको प्रोफाइल पिक्चर देखिने आइकनमा ट्याप गर्नसक्नुहुन्छ । यस्तै एन्ड्रोइड प्रयोगकर्ताले भने फोनको सबैभन्दा माथि दायाँतिर भएको प्रोफाइल आइकनमा ट्याप गर्न सक्नुहुन्छ ।
- यसपछि सेटिङमा ट्याप गर्नुहोस्
- प्रिफरेन्स (Preferences) सेक्सनभित्र भएको नोटिफिकेसन (Notification) मा ट्याप गर्नुहोस्
- यहाँ गएर पिपुल यु मे नो (People You May Know) मा ट्याप गर्नुहोस् ।
- यहाँ Push, e-mail र sms गरेर तीन ओटा अप्सन देख्न सक्नुहुन्छ । आफ्नो आवश्यकता अनुरुप कुन तरिकाले तपाईँ फ्रेन्ड सजेसन बन्द होस् भन्ने चाहनुहुन्छ त्यही अप्सनको टोगल अफ गरिदिनुहोस् । अथवा सबै बन्द गर्नका लागि सुरुमा नै भएको 'Allow notifications on Facebook' को टोगल अफ गरिदिनुहोस् ।
यसरी तपाईँले आफ्नो फिडमा आउने फ्रेन्ड सजेसन बन्द गर्न सक्नुहुन्छ । यदि तपाईँ पुन: सजेसन आओस् भन्ने चाहनुहुन्छ भने, यही प्रक्रिया दोहोर्याएर टोगल अन गर्न सक्नुहुन्छ ।