close

अब रेडिटमा आफ्नो पोस्ट र कमेन्ट लुकाउन मिल्ने

टेकपाना टेकपाना

जेठ २१, २०८२ १०:१६

अब रेडिटमा आफ्नो पोस्ट र कमेन्ट लुकाउन मिल्ने

काठमाडौँ । रेडिटले प्रयोगकर्ताको प्रोफाइलमा देखिने सामग्रीमाथि नियन्त्रण गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ फिचरको विषयमा जानकारी दिएको हो, जसले प्रयोगकर्ताको गोपनीयता प्रत्याभूत गर्ने कम्पनीको अपेक्षा छ । 

नयाँ अपडेटसँगै नयाँ अपडेटपछि रेडिट प्रयोगकर्ताले कुन-कुन सबरेडिटमा गरेको पोष्ट र कमेन्ट प्रोफाइलमा देखाउने भन्ने विषयमा आफूले रोज्न सक्नेछन् । 

कम्पनीका अनुसार प्लेटफर्ममा 'Content and Activity' नामको नयाँ सेटिङ अप्सन थप भएको छ । यस सेटिङभित्र प्रयोगकर्ताले तीनवटा विकल्प पाउनेछन्: सबै पोष्ट र कमेन्ट देखिने बनाउने (हालको डिफल्ट), सबै सार्वजनिक पोष्ट र कमेन्ट लुकाउने, वा चुनिएका सबरेडिटका पोष्ट मात्र देखाउने । यो सुविधा व्यक्तिगत पोष्ट वा कमेन्टमा भने लागू नहुने जनाइएको छ ।

यसैबिच कम्पनीले फलोअर संख्या देखाउने वा लुकाउने टोगल पनि थप गरेको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताको गतिविधि सारांश पनि परिमार्जन गरिएको छ। अब त्यसमा कर्मा काउन्ट, कुल योगदान, खाता उमेर, र सक्रिय कम्युनिटिहरूको सूची देखिनेछ। रेडिटले यो सुविधा प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याएको जनाएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १०:१६