close

अब च्याट होइन एप लक गर्नुहोस्, यस्तो छ आईफोनमा एप लुकाउने तरिका

टेकपाना टेकपाना

असार ३, २०८२ १८:३६

अब च्याट होइन एप लक गर्नुहोस्, यस्तो छ आईफोनमा एप लुकाउने तरिका

काठमाडौँ । प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने दौडमा अझै पनि एप्पल एन्ड्रोइडभन्दा पछाडि नै छ । उदाहरणको लागि एप लक फिचर । एन्ड्रोइड प्रयोगकर्ताको लागि यो कुनै नौलो कुरा होइन । तर आईफोन प्रयोगकर्ताको लागि भने ‘बल्ल आयो यो फिचर’ भने जस्तै हो । एप्पलले आईओएस १८ मा नयाँ अपडेटसँगै यो फिचर उपलब्ध गराएको हो । अब आईफोन प्रयोगकर्ताले आफूले गोप्य राख्न चाहेका एपहरू लक गरेर राख्न सक्छन् वा होमपेजमा नै देख्न नसकिने गरी हाइड गरेर राख्न सक्छन् । 

यसरी लक गर्नुहोस् आईफोनमा एप 

  • आफ्नो होमपेजमा गएर आफूले लग गर्न चाहेको एप छनोट गर्नुहोस् । उक्त एपमा लामो समयसम्म प्रेस गर्नुहोस् । 

  • अब स्क्रिनमा देखिने विभिन्न अप्सनमध्ये अन्त्यतिर भएको 'Require Face ID' अप्सनमा ट्याप गर्नुहोस् । 

  • यसपछि ‘Required Face ID’ मा ट्याप गर्नुहोस् 

  • यसलगत्तै 'Face ID Required to open WhatsApp' भन्ने पेज देखिन्छ र तपाईँको एप लगत्तै लक हुनेछ । यसपछि भने आफूले लक गरेको एप ओपन गर्नका लागि फेसआईडीको आवश्यकता पर्नेछ । 

 

अब यदि तपाईँ यसरी लक गरेको एपलाई अनलक गर्न चाहनुहुन्छ भने एपमा लामो समयसम्म प्रेस गरेर त्यहाँ देखिने ‘Don’t Require Face ID’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् । यसपछि तपाईँको एप अनलक हुनेछ । 

एप लक गरेर हाइड गर्ने तरिका 

  • आफूले लक गर्न चाहेको एपमा लामोसमय प्रेस गर्नुहोस् र ‘Require Face ID’ मा ट्याप गर्नुहोस् ।

  • यसपछि ‘Hide and Require Face ID’ मा ट्याप गर्नुहोस् । यहाँ याद गर्नुपर्ने यदि तपाईँको ह्वाट्सएपमा लोकेसन अन छ भने त्यसलाई अफ गर्नुहोस् । लोकेसन अन हुँदा एप हाइड गर्न मिल्दैन । 

  • अब अब एप हाइड गर्दा के के हुन्छ भनेर पूर्ण विवरण सहितको पेज खुल्छ । सो पेजको सबैभन्दा अन्त्यमा भएको 'Hide App' मा ट्याप गर्नुहोस् ।  

  • यसरी लक गरेर हाइड गरिएका एपहरू तपाईँको एप लाइब्रेरीमा हुन्छ । होमपेजमा बायाँतिर स्वाइप गरेर सबैभन्दा अन्तिममा हुने एप लाइब्रेरीमा जानुहोस् । त्यहाँ थोरै तल स्क्रोल गरेर सबैभन्दा अन्तिममा भएको 'Hidden' भन्ने एल्बममा तपाईँले आफूले लुकाएका एपहरू देख्न सक्नुहुनेछ । 

यहाँ तपाईँले हाइड गरेका एपहरू त हुन्छन्, तर अरू कसैले कुन एप हाइड गर्नु भएको भन्ने थाहा पाउँदैन । यहाँ कुनै पनि एफको आइकन देखिदैँन । तपाईँले उक्त एपमा ट्याप गरेर तपाईँको फेसआईडी मिलेपछि मात्र हाइड गरिएको देखापर्छ । यसरी हाइड गरेको एप पुन: बाहिर ल्याउनको लागि भने हिडनभित्र भएको एपमा लामो समय प्रेस गर्नुहोस् र ‘Require Face ID’ मा ट्याप गर्नुहोस् ।   

पछिल्लो अध्यावधिक: असार ३, २०८२ १८:३६