close

१२औँ दिनमा ३० हजार धरौटी तिरेर छुटिन् टिकटकर रमा बस्नेत

टेकपाना टेकपाना

असार १३, २०८२ ६:५६

१२औँ दिनमा ३० हजार धरौटी तिरेर छुटिन् टिकटकर रमा बस्नेत

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत १२ औँ दिनमा धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा बस्नेतलाई रिहा गर्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दामा बिहीबार उक्त आदेश आएको हो । 

टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने गरी विभिन्न नेता र दलविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा उनी १ असारमा पक्राउ परेकी थिइन् । उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालतमा अभियोगपत्र दायर भएको हो ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४९