सञ्चारमन्त्री गुरुङ चीन भ्रमणमा निस्किएपछि सञ्चार मन्त्रालयको कार्यभार अर्थमन्त्रीलाई
साउन ९, २०८२ १७:४४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा निस्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको कार्यभार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धमा प्राप्त पत्र शुक्रबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन् ।
सञ्चारमन्त्री गुरुङ वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ मा सहभागी हुन बिहीबार चीनको सांघाई तर्फ प्रस्थान गरिसकेका छन् । सांघाईमा शनिबारदेखि सोमबारसम्म एआई सम्मेलन आयोजना हुँदैछ । गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री गुरुङको चीन भ्रमण स्वीकृत गरेको थियो ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १७:४६
