close

नेपाली उद्यमीका आइडियालाई ५ लाखसम्म पुरस्कार दिँदै प्रोटोन ईभी, ‘शार्क ट्यांक’ मा मेन्टरसिप

टेकपाना टेकपाना

साउन १९, २०८२ १९:३६

नेपाली उद्यमीका आइडियालाई ५ लाखसम्म पुरस्कार दिँदै प्रोटोन ईभी, ‘शार्क ट्यांक’ मा मेन्टरसिप

काठमाडौँ । अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपालमा ‘ड्रिम अ ड्रिम’ नामक उद्यमशीलता अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत तीन नेपाली उद्यमीका उत्कृष्ट आइडियालाई पाँच-पाँच लाख रुपैयाँसम्मको नगद पुरस्कार र ‘शार्क ट्यांक नेपाल’ को आगामी सिजनका लागि विशेष मेन्टरसिप‍ प्रदान गरिने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन चाहने उद्यमी तथा नवप्रवर्तकहरूले यहाँ क्लिक गरी ३१ अक्टोबर २०२५ भित्र आफ्नो आइडिया बुझाउनु पर्नेछ । विजेताहरूको घोषणा नोभेम्बर २०२५ मा गरिने कम्पनीले जनाएको छ ।

प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो अभियान नेपाली समाजप्रतिको उत्तरदायित्व र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको बताए । “हामी विश्वास गर्छौं कि नवप्रवर्तन मानिसको मन र मुटुबाट सुरु हुन्छ । ‘ड्रिम अ ड्रिम’ अभियान मार्फत हामी नेपालको भविष्य निर्माण गर्न सक्ने सपनाहरूमा लगानी गरेर समाजलाई केही फिर्ता दिन चाहन्छौं,” उनले भने ।

शंकर ग्रुपसँगको साझेदारीमा प्रोटोनले नेपालमा प्रोटोन इ.मास सेभेन लगायतका ईभी बिक्री-वितरण गर्दै आएको छ  ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १९:३६