सामसङको मनसुन क्याम्प, वारेन्टी नभए पनि मोबाइलको बिग्रिएको चार्जिङ पोर्ट निःशुल्क फेरिदिने
साउन २६, २०८२ २०:१६
काठमाडौँ । सामसङ नेपालले स्मार्टफोन मर्मतका लागि सामसङ मनसुन क्याम्प सुरु गरेको छ । कम्पनीले मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्ने सहजताका निम्ति यो क्याम्प सञ्चालनमा ल्याएको हो ।
कम्पनीले स्मार्टफोनको सबैभन्दा संवेदनशील भागको रूपमा रहने चार्जिङ पोर्ट मर्मत गर्न सहयोग गर्ने उद्देश्यले यो अफर ल्याइएको बताएको छ । यो ग्राहक सेवा अभियान आगामी २४ अगस्टसम्म सञ्चालन हुनेछ । जसअन्तर्गत सामसङ प्रयोगकर्ताहरूले वारेन्टी नभए पनि सामसङका आधिकारिक सर्भिस सेन्टरमा गएर बिग्रिएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।
चार्जिङ पोर्ट निःशुल्क फेर्न सकिने भए पनि श्रम शुल्क र थप पार्ट्सको लागत भने ग्राहकले आफैँले ब्यहोर्नु पर्ने कम्पनीले जनाएको छ । सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराईले ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिने प्रतिबद्धता अनुरूप यो क्याम्प सुरु गरिएको बताए ।
पछिल्लो अध्यावधिक: साउन २६, २०८२ २०:१६
