close

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एमाले नेता ऐन महर प्रहरी नियन्त्रणमा

टेकपाना टेकपाना

भदौ ११, २०८२ १७:४१

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एमाले नेता ऐन महर प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर महिलाको चरित्रहत्या र गाली बेइज्जती गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर अपराधको उजुरीपछि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै महर बुधबार नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा आफैँ उपस्थित भएका हुन् ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार एक महिलाले हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन् । अदालतले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी सम्पर्कमा आएका महरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराइएको अवस्थीले टेकपानालाई जानकारी दिए ।

यसअघि पनि उनीमाथि यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि पार्टीले एक पटक निलम्बन गरेको थियो । पछि सचिवालय बैठकबाट उनको निलम्बन फुकुवा गरी जिम्मेवारीमा फर्काइएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १७:४४