विभिन्न ७ बैँकका फोनपे क्रेडिट कार्ड लिने नयाँ प्रयोगकर्तालाई ५०० सम्मको क्याशब्याक अफर
भदौ १२, २०८२ १६:१९
काठमाडौँ । फोनपेले आफ्ना विभिन्न सात साझेदार बैँकहरूसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्याशब्याक योजना ल्याएको छ । जसमा सिटिजन्स इन्टरनेसनल बैँक, एभरेस्ट बैँक, महालक्ष्मी विकास बैँक, कुमारी बैँक, लक्ष्मी सनराइज बैँक, गरिमा विकास बैँक र साइन रेसुङ्गा विकास बैँक रहेका छन् ।
यस योजना अन्तर्गत नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५०% सम्म (अधिकतम ५०० रुपैयाँ) क्याशब्याक प्राप्त गर्नेछन् । यो अभियान बुधबारदेखि भइसकेको छ । थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्ड मार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो ।
गत वर्षको सुरुवातदेखि नै फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल इनोभेसनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको छ । केवल एक वर्षभित्रै यस कार्डको प्रयोगकर्ता सङ्ख्या १२ हजार नाघिसकेको छ ।
साझेदार बैँकहरूको मोबाइल बैँकिङ एपमार्फत तुरुन्तै लिन सकिने यो कार्डले फाराम भर्ने झन्झट वा पर्खाइको समयलाई पनि समाप्त गरी दिएको छ । जसले प्रयोगकर्तालाई तुरुन्त कारोबार गर्न सक्षम बनाउँछ । कार्ड सक्रिय गरेपछि ग्राहकहरूले नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन् । जसले यसलाई नेपालको सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले हरेक नेपाली नागरिकलाई पनि आधुनिक वित्तीय उपकरण र भुक्तानीको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ फोनपे क्रेडिट कार्ड ल्याइएको बताए ।
"यो क्याशब्याक अभियानले केवल पहुँच दिने मात्र नभई यी वित्तीय उपकरणलाई लाभदायक र पुरस्कृत बनाउनु हो । जब हामीले यस्ता स्मार्ट वित्तीय उत्पादनलाई सजिलो र आकर्षक बनाउँछौँ, तब हामी नेपालमा अझ बलियो र समावेशी डिजिटल अर्थतन्त्र निर्माणतर्फ योगदान दिन सक्छौँ," उनले भने ।
पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १७:३८
