close

भाइबरमा नयाँ प्रयोगकर्ता जोडिएको नोटिफिकेसनले दिक्क बनायो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २०, २०८२ १७:२८

भाइबरमा नयाँ प्रयोगकर्ता जोडिएको नोटिफिकेसनले दिक्क बनायो ? यसो गर्नुहोस्

काठमाडौँ । टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभबाहेक अधिकांश सामाजिक सञ्जाल तथा स्ट्रिमिङ प्लेटफर्म बिहीबारदेखि नेपालमा बन्द हुन थालेका छन् । दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन पालना गर्दै आफ्नो सेवाबाट क्रमश: विभिन्न २६ सामाजिक सञ्जाल तथा स्ट्रिमिङ सेवाहरू ब्लक गर्न थालेका हुन् ।

यसैबिच मेसेजिङ प्लेटफर्म भाइबर र टिकटकमा प्रयोगकर्ता, पत्रकार तथा सञ्चारमाध्यमको सक्रियता बढ्दो छ । भाइबरमा तपाईंको सम्पर्क सूचीमा रहेको कुनै व्यक्ति नयाँ प्रयोगकर्ताका रूपमा जोडिएपछि ‘यो कन्ट्याक्ट जोडियो’ भन्ने सूचना आउँछ । यसले तपाईंलाई पनि दिक्क पारेको हुन सक्छ । यस लेखमा त्यस्ता सूचनाहरू कसरी बन्द गर्ने भन्नेबारे जानकारी दिइएको छ:

  • सबैभन्दा पहिले भाइबर खोल्नुहोस् ।

  • तलपट्टि रहेको तीन थोप्ला (मोर अप्सन) मा ट्याप गर्नुहोस् ।

  • अनि ‘सेटिङ्स’ (Settings) मा जानुहोस् ।

  • त्यसपछि ‘नोटिफिकेसन’ (Notification) को विकल्पमा ट्याप गर्नुहोस् ।

  • अन्तमा ‘कन्ट्याक्ट जोइन्ड भाइबर’ भन्ने विकल्पलाई अफ (बन्द) गर्नुहोस्  ।

यति गरेपछि तपाईंको कन्ट्याक्टमा रहेका कसैले भाइबर प्रयोग गर्न थालेमा वा नयाँ जोडिँदा त्यसको सूचना आउँदैन ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १७:५२