close

सामाजिक सञ्जाल बन्द गरेपछि इनड्राइभबाट समेत प्रधानमन्त्रीलाई गाली गर्न थाल्यो नयाँ पुस्ता

टेकपाना टेकपाना

भदौ २३, २०८२ ११:३६

सामाजिक सञ्जाल बन्द गरेपछि इनड्राइभबाट समेत प्रधानमन्त्रीलाई गाली गर्न थाल्यो नयाँ पुस्ता

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध नयाँ जेन जी पुस्ताले अनेकौँ माध्यमबाट सरकार प्रति आक्रोश व्यक्त गर्न थालेको छ । सामाजिक सञ्जालका माध्यममा मात्र नभई राइड शेयरिङ प्लेटफर्म इनड्राइभ समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गलौज गर्न प्रयोग भएको पाइएको हो ।

इनड्राइभमा प्रधानमन्त्री ओलीलाई गाली गर्दै एउटा लोकेसन राखिएको छ । जसमा नेभिगेट गर्दा काठमाडौँको सुन्धारा स्थित धरहरा पुगिन्छ । तर अङ्ग्रेजीमा 'kp sharma oli' राखेर लोकेसन सर्च गर्दा प्रधानमन्त्रीको नाम जोडेर असभ्य लाग्ने गाली गरिएको देखिन्छ ।

आइतबार रातिदेखि नै इनड्राइभलाई प्रधानमन्त्री विरुद्ध गाली गर्ने माध्यम बनाउने यो नयाँ शैली देखिएको थियो । यो समाचार तयार पार्दासम्म पनि उक्त शब्द हटेको छैन । यस विषयमा अहिले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा चर्चा भइरहेको छ ।

इनड्राइभले भने गुगलको एपीआई प्रयोग गरेका कारण आफ्नो एपमा सो विषय देखिएको जनाएको छ । 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १३:३८