close

ईकान्तिपुरको सर्भरमा समस्या, समाचार सामाजिक सञ्जालमै आउने

टेकपाना टेकपाना

भदौ २५, २०८२ १२:२९

ईकान्तिपुरको सर्भरमा समस्या, समाचार सामाजिक सञ्जालमै आउने

 

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपद्वारा सञ्चालित ईकान्तिपुर डटकमको सर्भरमा समस्या आएको छ । ईकान्तिपुरले मङ्गलबार साँझ फेसबुकमा एक पोस्टमार्फत यसबारे जानकारी दिएको हो ।

“ईकान्तिपुरको सर्भरमा समस्या देखिएकाले केही समयका लागि समाचार प्रवाह अवरुद्ध भएको छ,” ईकान्तिपुरले आफ्नो पोस्टमा लेखेको छ, “हामी ईकान्तिपुरको आधिकारिक फेसबुक पेज र ट्वीटरबाट सूचना, विचार र विश्लेषण निरन्तर अपडेट गरिरहनेछौं ।” सर्भरमा के-कस्तो समस्या आएको हो भन्नेबारे भने खुलाइएको छैन ।

यसअघि मङ्गलबार राजधानीसहित देशका प्रमुख सहरमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा सोही कम्पनीअन्तर्गतका रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन र ईकान्तिपुरको कार्यालयमा तोडफोड भएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १२:२९