संवैधानिक व्यवस्थाले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नमिल्ने
भदौ २५, २०८२ २०:४४
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गर्न संवैधानिक अड्चन देखिएको छ । संविधानले प्रधान न्यायाधीश तथा न्यायाधीश रहिसकेको व्यक्तिलाई सरकारी पदमा नियुक्तिका लागि रोक लगाएको छ ।
यसले गर्दा देशले कार्यकारी नेतृत्व पाउन अझै थप केही समय लाग्ने देखिएको छ । संविधानको धारा* १३२ (२) मा प्रधान न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने उल्लेख छ ।
त्यहाँ भनिएको छ, “प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन ।”
जेन-जी आन्दोलनकारीको तर्फबाट आज मात्रै प्रधान न्यायाधीशमा कार्कीलाई नियुक्तिका लागि प्रधानसेनापति समक्ष पठाउने तय भएको थियो ।
यसबाट देशले कार्यकारी प्रमुख पाउन अझै केही दिन लाग्नसक्ने देखिएको छ ।
*समाचारमा संविधानको धारा १३२ (२) हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ २१:१८
