close

विभिन्न कारागारबाट भागेका कैदीहरूलाई भटाभट सेनाले नियन्त्रणमा लिँदै, ९४ नाल हतियार बरामद

टेकपाना टेकपाना

भदौ २६, २०८२ १५:१

विभिन्न कारागारबाट भागेका कैदीहरूलाई भटाभट सेनाले नियन्त्रणमा लिँदै, ९४ नाल हतियार बरामद

काठमाडौँ । कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिने क्रम जारी छ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको हो । 

कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ । एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । १२ जना कैदीहरू भने आफैँ कारागारमा हाजिर भएको सेनाले जनाएको छ । 

यस्तै, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै आन्दोलित हुँदा भएको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाएको छ । गोली लागेर १२ जना कैदी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । सेनाले हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १५:३