close

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज ‘ह्याक’, साढे ४ घण्टापछि रिकभर

टेकपाना टेकपाना

असोज १२, २०८२ ८:२६

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज ‘ह्याक’, साढे ४ घण्टापछि रिकभर

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार अनधिकृत व्यक्तिको पहुँचमा पुगेको छ । मुख्यमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै साढे चार घण्टापछि पेज रिकभर भएको जानकारी दिएको छ ।

याे पेज सचिवालयले नै सञ्चालन गर्दै आएको थियो । “माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्यूको सचिवालयमार्फत सञ्चालित CM Satish singh आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरुले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आईटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीलाई कमजोर बनाउने प्रयासले ह्याक गरिए पनि यसले अझ सशक्त भएर अघि बढ्ने हौसला दिने सचिवालयको भनाइ छ । हालसम्म पेज अनधिकृत पहुँचमा लिनेको पहिचान खुलेको छैन । 

 

पछिल्लो अध्यावधिक: असोज १२, २०८२ ८:२६