close

फेसबुकमा आउने मेमोरीजबाट दिक्क हुनुहुन्छ ? यसरी रोक्नुहोस्

टेकपाना टेकपाना

असोज १३, २०८२ १०:५२

फेसबुकमा आउने मेमोरीजबाट दिक्क हुनुहुन्छ ? यसरी रोक्नुहोस्

काठमाडौँ । विगतलाई सम्झाउने फेसबुक मेमोरीजहरू कहिलेकाहीँ रमाइलो नै हुन्छ । तर, यो सँधै र सबैका लागि रमाइलो नहुन पनि सक्छ । कसै-कसैका लागि यसले पुराना दु:खका घटनाहरू सम्झाएर पीडा दिने काम पनि गरिररहेको हुन्छ । यस्तोमा झट्ट फेसबुक खोल्दा त्यस्ता पुराना सम्झनाहरू देखिनुको सट्टा तपाईंले त्यसलाई आवश्यक अनुसार बन्द गर्न उपयुक्त हुनसक्छ ।

त्यसैले यहाँ हामी तपाईहरूलाई फेसबुकमा आउने पुराना मेमोरीजीहरू कसरी लुकाउने भनि सिकाउँदै छाैं:

१. सुरुमा फोनमा फेसबुक खोल्नुहोस्।

२. अब मेन्युमा क्लिक गर्नुहोस्। (एन्ड्रोइडमा यो स्क्रिनको माथिल्लो-दायाँ कुनामा र आईफोनमा तल्लो-दायाँ कुनामा हुन्छ) ।

३. मेन्यु भित्र रहेको मेमोरीज (Memories) मा क्लिक गर्नुहोस् ।

४. अब मेमोरीज सेटिङ (Memories Settings) मा जानुहोस् । त्यसका लागि मेमोरीजमा क्लक गरेसँगै माथिल्लो दायाँ कुनामा रहेको गियर आइकन अर्थात् सेटिङमा क्लिक गर्नुहोस् ।

५. यहाँ तपाईंले All Memories, Highlights वा None मध्ये एउटा रोज्न सक्नुहुन्छ । यदि तपाईले All Memories छनोट गर्नेभयो भने फेसबुकले त्यो दिनका सबै मेमोरीजहरू देखाउनेछ । Highlights छनोट गर्नुभयो भने यसले विशेष भिडिओ र मेमोरीजहरू मात्र देखाउनेछ । त्यस्तै None मा क्लिक गर्नुभयो भने मेमोरीजका सबै नोटिफिकेसन बन्द हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८२ ११:१३