close

फोन र इन्टरनेटमा समस्या आयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

टेकपाना टेकपाना

असोज १८, २०८२ १९:४५

फोन र इन्टरनेटमा समस्या आयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौँ​ । सरकारले विपद्को समयमा सञ्चार सेवाको निरन्तरताको लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिहरूबिच भएको छलफलले सञ्चार सेवा विच्छेद हुन नदिन र विच्छेद भएमा तत्कालै सुरु गराउने निर्णयसहित नम्बर सार्वजनिक गरेको हो ।

विपद्को यस कठिन घडीमा सञ्चारका साधनहरूलाई अवरुद्ध हुन नदिई सूचारु रूपमा सञ्चालन गरिरहन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदारुकताका साथ निरन्तर कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । यसअनुसार कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्न तत्काल सम्पर्क गर्न सकिने नम्बर उपलब्ध गराइएको छ । 

नेपाल टेलिकमको सेवाका लागि १४९८ मा सम्पर्क गर्न सकिनेछ भने एनसेलको लागि ९००५,  इन्टरनेट सेवा प्रदायक (ISPAN) सँग सम्बन्धित सेवाको लागि ९८०१८७८९४१, नेपाल दूरसञ्चर प्राधिकरणसँग सम्पर्कको लागि ९८५१०८७४३२ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नको लागि ९८४१३७६२०३, ९८४९०५३६६३  र ९८४१५२०११५ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

देशका धेरै भागमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने देखिएको छ । यस घडीमा नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिँदै मन्त्रालयले सबैलाई सतर्क रहन आह्वान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १९:५६