फेसबुक राखिएको बालेनको कविताप्रति एमाले निकट किसान महासङ्घको आपत्ति, माफी नमागे थप कदम चाल्ने चेतावनी
असोज २८, २०८२ १४:२१
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को फेसबुक पोस्टप्रति आपत्ति जनाएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले बालेनले राखेको पोस्टमा उल्लिखित 'किसानझैं फोहोर' शब्दप्रति आपत्ति जनाएको हो ।
"मुलुकको प्रमुख र आधारभूत उत्पादक शक्तिका रूपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरूको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासङ्घ घोर भर्त्सना र निन्दा गर्दछ," विज्ञप्तिमा भनिएको छ, "काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाइ व्यक्त हुनु खेदजनक छ । मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न सूचित गरिएको छ । अन्यथा निज साहविरुद्ध महासंघले थप कदम चाल्ने चेतावनीसमेत दिन चाहन्छौं ।"
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १४:२५
