close

नेपाल टी-२० विश्वकपमा पुगेको खुशियालीमा एक्स-एजको मेगा सेल, ६० देखि ७०% सम्म छुट घोषणा

टेकपाना टेकपाना

असोज ३१, २०८२ २३:१८

नेपाल टी-२० विश्वकपमा पुगेको खुशियालीमा एक्स-एजको मेगा सेल, ६० देखि ७०% सम्म छुट घोषणा

काठमाडौँ । नेपालले टी-२० विश्वकपमा स्थान बनाएको खुशियालीमा एक्स-एज ब्रान्डले आफ्ना विभिन्न इलेक्ट्रोनिक्स उत्पादनहरूमा ६० देखि ७० प्रतिशतसम्मको विशेष छुट घोषणा गरेको छ । यो मेगा सेल भोलि शनिबार एक दिनको लागि मात्र उपलब्ध हुनेछ । जसअन्तर्गत ग्राहकहरूले चार्जर एडप्टर, इयरफोन, हेडफोन, पावर बैंक, स्पिकर, ट्रु वायरलेस इयरबड्स, स्मार्टवाच जस्ता सामानहरूमा भारी छुट पाउने कम्पनीले जनाएको छ ।

यस अवसरमा ६ हजार ४०० रुपैयाँ पर्ने बज अल्ट्रा स्मार्ट वाच (मोडेल नम्बर XSW04) दुई हजार २४० रुपैयाँमा उपलब्ध हुनेछ  । अन्य उत्पादनहरूमा पनि ठुलो बचत गर्न सकिनेछ । जस्तै; ‘ConvE Rapid 33W PD+QC’ चार्जर एडप्टर तीन हजार ५०० रुपैयाँबाट एक हजार ५० रुपैयाँमा झरेको छ, जुन ७०% छुट हो । त्यसैगरी, ‘ConvE Acoustic Sport Neckband (XBE01)’ दुई हजारबाट ६०० रुपैयाँमा उपलब्ध हुनेछ । यो पनि ७०% छुटमा समावेश छ ।

यो विशेष छुटको लाभ उठाउन इच्छुक ग्राहकहरूले एक्स-एजको आधिकारिक वेबसाइटमार्फत सामान खरिद गर्नुपर्नेछ । यो मेगा सेल एक दिनको लागि मात्र मान्य हुने भएकाले उपभोक्ताहरूलाई यो अवसर नगुमाउन कम्पनीले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ २३:१८