close

जेडटीई नुबिया नियो ३ जीटी फाइभजी नेपालमा, १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १७:३३

जेडटीई नुबिया नियो ३ जीटी फाइभजी नेपालमा, १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने

काठमाडौँ । जेडटीईले नुबिया नियो ३ जीटी फाइभजी नेपालमा सार्वजनिक गरेको छ । विशेषगरी गेमिङका पारखीहरूलाई शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्देश्यका साथ यो स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ जेडटीई नुबिया नियो ३ जीटी फाइभजीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज सहितको यो गेमिङ पावर हाउसको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ र अहिले जगदम्बा मोबाइल्समार्फत शून्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ । योसँगै प्रयोगकर्ताहरूले अब जेडटीई नुबिया नियो ३ जीटी फाइभजी केवल १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् ।

गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने यस गेमिङ स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ । जसले जीवन्त र स्मुथ भिजुअल प्रदान गर्छ । यसमा रहेको ४०८३ mm² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा पनि स्थिर प्रदर्शन सुनिश्चित गर्ने र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

२.७ गिगाहर्जको शक्तिशाली युनिसक T9100 प्रोसेसर, ६००० एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ ।

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटीई नुबिया नियो ३ जीटी फाइभजीले नेपाली गेमरहरूको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १७:३३