धनगढीमा खुल्यो प्रोटोन ईभीको अत्याधुनिक शोरुम, सर्भिस र स्पेयर पार्ट्स पनि पाइने
कात्तिक ३, २०८२ १२:७
काठमाडौँ । नेपालमा प्रोटोन ब्रान्डका गाडी बिक्री गर्ने जगदम्बा मोटर्सले धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरुम खोलेको छ । कम्पनीले तीन वटा प्रोटोन ईमास ७ ईभी हस्तान्तरण गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्सका सम्पूर्ण सेवा पाइने कम्पनीले जनाएको छ । “ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कार्यक्रममा ईमास गाडी धनीहरूले आफ्ना सकारात्मक अनुभव शेयर गरेका थिए ।
“धनगढी शोरुम शैली, प्रदर्शन र दिगोपनसँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्त्वपूर्ण कदम हो । धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ,” जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने ।
ईमासले नेपालभर आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १२:७
