टेलिकमको सूचना प्रविधि निर्देशनालयका निर्देशक डा. विमल आचार्य अवकाशमा जाँदै
कात्तिक १४, २०८२ १७:३१
काठमाडौँ । नेपाल टेलिकम सूचना प्रविधि निर्देशनालयका निर्देशक डा. विमल आचार्य उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन् ।
शुक्रबार निर्देशनालयले निर्देशक आचार्यलाई बिदाइ गरेको छ । टेलिकमको प्रबन्ध निर्देशक बन्ने दौडमा समेत उनी पटकपटक प्रतिस्पर्धा गरेका थिए । तर, नेतृत्वमा आउन सकेनन् ।
आचार्य विगत ३० वर्षदेखि टेलिकममा कार्यरत थिए । त्यसक्रममा उनले ब्याकबोन प्रसारण निर्देशनालय लगायतका विभिन्न विभाग तथा निर्देशनालयहरुमा काम गरेका थिए ।
यसका साथै उनी टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको सञ्चालक समिति सदस्य छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १७:३५
