close

डेटा सेन्टर स्थापना गर्न नेपाललाई सघाएकोमा कोरियाली राजदूतलाई सञ्चारमन्त्रीको साधुवाद

टेकपाना टेकपाना

कात्तिक १७, २०८२ २३:४

डेटा सेन्टर स्थापना गर्न नेपाललाई सघाएकोमा कोरियाली राजदूतलाई सञ्चारमन्त्रीको साधुवाद

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा डेटा सेन्टर स्थापनामा दक्षिण कोरियाले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

सोमबार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङसँग मन्त्रालयमा भएको भेटमा मन्त्री खरेलले दुई देशबिचको ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य र नेपाल सरकारका प्राथमिकताका विषयमा छलफल गरेका थिए ।

भेटका क्रममा मन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध सुदृढ रहेको बताउँदै दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनाहरू र सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रदान गरिएको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गरे ।

त्यस क्रममा उनले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्दै आएकोमा पनि आभार व्यक्त गरे ।

भेटमा राजदूत योङले नेपालमा कोरियाली सहयोगमा सञ्चालित परियोजनाहरूको अवस्था र आगामी प्राथमिकताबारे जानकारी दिँदै कोरिया सरकारले नेपालमा सूचना प्रविधि, शिक्षा र कृषि क्षेत्रमा निरन्तर सहयोग गर्न इच्छुक रहेको बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ २३:४