close

किशोरीलाई म्यासेन्जरमार्फत ललाईफकाई संवेदनशील अङ्ग देखाउन लगाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ १३:४

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा कल्याणपुर न.पा. वडा नं. ११ स्थायी वतन भई हाल काठमाडौँको बबरमहलमा बस्दै आएका २२ वर्षीय जीवन कुमार साह रहेका छन् ।

साहले नाबालिकासँग फेसबुकमा साथी बनी म्यासेन्जरमार्फत ललाई फकाई संवेदनशील अङ्गहरू देखाउन लगाई, त्यसको स्क्रिनशट वा स्क्रिन रेकर्ड गरी उक्त अश्लील फोटो/भिडिओहरूबाट नक्कली फेसबुक अकाउन्ट बनाई अपलोड गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी नाबालिकालाई दुःख हैरानी दिई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीका आधारमा साइबर ब्युरोबाट खटिएको टोलीले आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरेपछि साहलाई सोमबार कसुर भएको इलाका सिराहा मिर्चैयाबाट पक्राउ गरिएको हो ।

आरोपी साहलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १४:१