close

पानीभित्र फोटो खिच्न मिल्ने फोन भिभो वाई ४००, नागरिकता वा एनआईडीको ईएमआई, ब्याज शून्य प्रतिशत

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ १५:१६

पानीभित्र फोटो खिच्न मिल्ने फोन भिभो वाई ४००, नागरिकता वा एनआईडीको ईएमआई, ब्याज शून्य प्रतिशत

काठमाडौँ । वाई सिरिज अन्तर्गत भिभोले हालै नेपाली बजारमा भिभो वाई ४०० (Vivo Y400) सार्वजनिक गरेको छ । यो फोनमा पानीभित्रबाट समेत फोटो तथा भिडिओ खिच्न सकिने दाबी कम्पनीले गरेको छ । 

फोनमा आईपी ६८ तथा आईपी ६९ रेटिङ उपलब्ध गराइएको छ । जसले भिभो वाई ४०० स्मार्टफोनलाई पानी र धुलो प्रतिरोधी बनाउँछ । 

डाइनामिक ग्रिन कलरले फोन हेर्दा युनिक र आकर्षक देखिन्छ । ६.६७ इन्चको एमोलेड डच डिस्प्लेको साथमा आएको यो फोनमा १२० हर्जको रिफ्रेशरेट रहेको छ भने यसले १८०० निट्सको उच्चतम ब्राइटनेस सपोर्ट गर्छ ।

फोनमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८५२ मेन क्यामेरा र अगाडि भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । एन्ड्रोइड १५ मा आधारित भिभो वाई ४०० फोनमा भिभोको आफ्नै फनटच ओएस १५ पाउन सकिन्छ । 

क्वालकम स्न्यापड्रागन ६८५ चिपसेटले शक्ति दिने यो फोनमा ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । जसले ४४ वाटको फ्ल्याश चार्जिङलाई सपोर्ट गर्छ । 

साथै फोनले गेमिङ सिनारियोलाई ध्यानमा राख्दै बाइपास चार्जिङको सुविधा पनि दिएको छ । जसले ब्याट्रीमाथि अतिरीक्त ताप तथा भार नपर्ने गरी चार्जरबाट सोझै मोबाइललाई चलाउने सामर्थ्य राख्छ ।  

 यस बाहेक फोनमा विभिन्न एआई फिचर, डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट, डुअल स्टेरियो स्पिकरको पनि अनुभव गर्न सकिन्छ । 

८ जीबी र्‍याम तथा २५६ जीबी आन्तरिक स्टोरेजको साथमा आउने यो फोन पर्ल ह्वाइट रङ्गमा पनि पाउन सकिन्छ । नेपाली बजारमा यो फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ राखिएको छ । 

साथै यो फोन झन्झट रहित रूपमा राष्ट्रिय परिचयपत्र वा नागरिकताको भरमा ईएमआईमा समेत खरिद गर्न सकिन्छ । जसमा ब्याज समेत लाग्दैन । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १५:१६