close

सीजीले सरकारलाई एक वर्षमै बुझायो २५ अर्ब ५९ करोड राजस्व

टेकपाना टेकपाना

मंसिर ३, २०८२ ११:४०

सीजीले सरकारलाई एक वर्षमै बुझायो २५ अर्ब ५९ करोड राजस्व

काठमाडौँ । चौधरी ग्रुप (सीजी) ले गत वर्ष कूल २५ अर्ब ५९ करोड राजस्व सरकारलाई बुझाएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीको कर योगदानलाई सरकारले कदर गरेको भन्दै आभार सहित कर विवरण सार्वजनिक गरेका हुन् ।

ग्रुप अफ कम्पनीजको एकमुस्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था छैन । तर पनि अर्थमन्त्री रामेश्वर खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको भन्दै चौधरीले आभार व्यक्त गरे ।

"गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३% योगदान दियो । चुनौतीबिच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ," चोधरीले भने । 

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ ११:४०