close

एनपीएलमा अनलाइन बेटिङ गराउने ८ जना भारतीय बल्खुबाट पक्राउ

टेकपाना टेकपाना

मंसिर ७, २०८२ १७:८

एनपीएलमा अनलाइन बेटिङ गराउने ८ जना भारतीय बल्खुबाट पक्राउ

काठमाडौँ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बेटिङ गराएको भन्दै ८ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरूलाई बल्खुबाट नियन्त्रणमा लिएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा सहभागी भई अनलाइन मार्फत हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजी गर्ने कार्य गरेको प्रहरीको भनाई छ । उनीहरूले त्यसका लागि बेटएक्युलर डट लाइभ नामक बेटिङ साइटबाटबाट त्यस किसिमको कार्य गरेको उल्लेख छ ।

काठमाडौँ-१४, बल्खुबाट नियन्त्रणमा लिइएका उनीहरूको साथमा फेला परेका १५ थान मोबाइलको प्रविधियुक्त अनुसन्धान गरिएको छ । उनीहरूलाई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवँ कार्वाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

पक्राउ पर्ने आठै जना भारतको आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौँ-२६, सामाखुशीमा बस्दै आएको प्रहरीले जनाएको छ । जसमा ३१ वर्षीय राजा यदुला, ३५ का महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० का सेख सोयब, ३० का नभिन मड्डेला, ३२ का महमद रफी सेख, १९ का साईकुमार २८ का सेख चन्द बसल रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १७:१२