close

२३ वर्षको उमेरमै झन्डै २० करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार, समातिए बाराका मोहम्मद सेफ

टेकपाना टेकपाना

मंसिर ११, २०८२ १८:५५

२३ वर्षको उमेरमै झन्डै २० करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार, समातिए बाराका मोहम्मद सेफ

काठमाडौँ । १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफ पक्राउ परेका छन् ।

१० मंसिर साँझ ६ बजे भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरिरहेको भन्दै सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बारा कलैयाका सेफलाई नियन्त्रणमा लिएको हो । सेफ हाल डल्लुमा बस्दै आएका थिए ।

प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न ब्राण्डको दुई थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । 

सेफउपर क्रिप्टोकरेन्सी प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १८:५५