close

फेसबुकमा महिलाको चरित्रहत्या गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

चैत ३, २०८२ २२:८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । फेसबुकमा नक्कली आईडी बनाई महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौँको नयाँबजार बस्ने २३ वर्षीय तपेन्द्र विष्ट रहेका छन् ।

साइबर ब्युराेका अनुसार विष्टले पीडित महिलाको तस्बिर प्रयोग गरी फेसबुकमा फेक आईडी बनाएर अपमानजनक तथा अमर्यादित सामग्रीहरू पोस्ट गरेको पाइएको छ । उनले अपरिचित व्यक्तिका अश्लील भिडिओहरूमा समेत पीडित महिलाको नाम जोडी 'होली काण्ड' नाम दिएर विभिन्न पोस्टहरू गरी पीडितलाई मानसिक हैरानी र सामाजिक प्रतिष्ठामा आघात पुर्‍याएको उजुरी परेको थियो ।

पीडितको निवेदनका आधारमा ब्युराेले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणबाट विष्टको संलग्नता पुष्टि भएपछि उनलाई सोमबार काठमाडौंबाट नियन्त्रणमा लिइएको हो ।

आरोपी विष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युराेका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ ०:१