साढे ५ लाख फलोअर भएका फेसबुक क्रियटरको ज्यादती: छाडा शब्दसँगै अमिशालाई खुलेयाम बलात्कार र हत्याको धम्की
चैत १८, २०८२ १७:५१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रिएकी युवती अमिशा पराजुलीलाई एक फेसबुक क्रियटरले भिडिओ मार्फत सार्वजनिक रूपमै बलात्कार र हत्याको धम्की दिएका छन् । ‘नरदीप पुजारा’ नामक फेसबुक पेज चलाउने ती व्यक्तिले सामाजिक सञ्जालमा अश्लील र अपाच्य शब्द प्रयोग गर्दै साइबर बुलिङ गरेका हुन् ।
पाँच लाख ५१ हजारभन्दा बढी फलोअर भएका पुजाराले आइतबार एक भिडिओ सार्वजनिक गर्दै अमिशालाई स्कुल जाने उमेरमा नेताको रिहाइका लागि आवाज उठाएको भन्दै ‘कुनै दिन गल्ली र बाटोमा बलात्कृत भई मारिएको अवस्थामा फेला पर्ने’ चेतावनी दिएका छन् । यहाँ उल्लेख गर्नै नसकिने स्तरका छाडा शब्द प्रयोग गरेका उनले उल्टै ती युवतीले विकृति फैलाएको दाबी गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने बहानामा भ्युज कमाउने लोभले उनले यस्तो तल्लो स्तरको गालीगलौज गरेको देखिन्छ । अमिशालाई लक्षित गरी बनाइएका भिडिओमा ‘रिच’ बढेपछि उनी थप उत्तेजित र आक्रामक हुँदै भिडिओ बनाउन हौसिएको पाइएको छ । उनको भिडिओकै बहकाउमा परेर अन्य प्रयोगकर्ताले समेत कमेन्ट बक्समा अमिशामाथि अश्लील गालीगलौज गरेका छन् ।
कलाकारको चरित्रहत्या गर्नेदेखि धार्मिक सहिष्णुतासम्ममा प्रहार गर्ने पुजारा
यी क्रियटरले भाइरल विषय र जनमत जता ढल्किएको छ, त्यतै लागेर अश्लील गालीगलौज गरेको यो पहिलो घटना भने होइन । यसअघि उनले ‘खुइली’ उपनामले चिनिने कलाकार नवीना सिलवाललाई पनि यसैगरी अपाच्य शब्द प्रयोग गरी अपमानजनक टिप्पणी गरेका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री ओलीलाई विभिन्न समयमा समर्थन गर्दै आएका महिला तथा अन्य व्यक्तिलाई समेत पुजाराले अश्लील र अपाच्य शब्दसहित भिडिओ मार्फत धम्क्याएको देखिन्छ ।
त्यति मात्र नभई हालै नेपालगञ्जमा जलेको अवस्थामा फेला परी मृत्यु भएकी युवतीको विषयमा समेत उनले धार्मिक दङ्गा भड्काउने उद्देश्यले भिडिओ बनाएका छन् । प्रहरीले अनुसन्धानरत विषयमा जथाभावी नबोल्न र धार्मिक सहिष्णुता नबिथोल्न आग्रह गर्दागर्दै पनि उनले अटेर गरी धार्मिक दङ्गा उक्साउने काम गरेका छन् ।
पुजाराको यो हर्कत विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को ठाडो उल्लङ्घन हो । उक्त दफा अनुसार कम्प्युटर वा इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री राख्न पाइँदैन । कसैप्रति घृणा वा द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने वा अपमान गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
साथै कुनै व्यक्तिले यस्तो कसुर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी (१.५ गुणा बढी) सजाय हुने कानुनी प्रावधान छ । यस विषयमा टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले घटनाको विषयमा बुझेर थप प्रतिक्रिया दिने बताए ।
बुधबार मात्र पीडित अमिशा पराजुलीले आफ्नो चरित्रहत्या गर्ने, धम्की दिने लगायतका आपराधिक क्रियाकलाप गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता विरुद्ध किटानी जाहेरी नै दिएकी छिन् ।
फेसबुक पेजको लिङ्कः https://www.facebook.com/naradeeppujara123/
अमिशालाई ज्यान मार्ने धम्की दिएको भिडिओहरूः https://www.facebook.com/share/r/1CthzNKZ3i/
https://www.facebook.com/share/r/18JjXdaF5N/
https://www.facebook.com/share/r/1Gn4r8BtYA/
https://www.facebook.com/share/r/1KsHgfDqaE/
https://www.facebook.com/share/r/1HwjrJnvjo/
https://www.facebook.com/share/r/1KQXMdEw8n/
नवीना सिलवाललाई धम्की दिई चरित्रहत्या गरेको भिडिओः https://www.facebook.com/share/r/1Xk7y89XPT/
अन्य महिला तथा व्यक्तिलाई अश्लील गालीगलौच गरेको भिडिओः https://www.facebook.com/share/p/1J74pikLB1/
https://www.facebook.com/share/r/18U4xzmgox/
https://www.facebook.com/share/r/1DjsobdUqY/
https://www.facebook.com/share/p/18BE4pajzR/
धार्मिक दङ्गा फैलाउने भिडिओः https://www.facebook.com/share/r/1DjUh8gPwd
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १८:१
