अपाङ्गतामैत्रीसँगै सबैले चलाउन सक्ने बनाउन ३० दिनमा २५० भन्दा बढी सरकारी वेबसाइट अपग्रेड गरिँदै
चैत २४, २०८२ १७:३८
काठमाडौँ । सरकारले अबको ३० दिनभित्र सरकारका २५० भन्दा बढी वेबसाइट अपग्रेड गर्ने भएको छ ।
सोमबार शासकीय प्रबन्ध कार्यान्वयनका लागि प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार यसबाट सरकारी वेबसाइट तथा एपलाई अपाङ्गमैत्री र कम प्राविधिक ज्ञान भएका नागरिकले समेत चलाउन सक्ने गरी प्रयोगकर्तामैत्री बनाइनेछ ।
यसका लागि आवश्यक प्रयोगकर्तामैत्री भिडिओ समेत तयार पारिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १७:३८
