नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्न ‘रिमोट वर्क नीति’ ल्याइने, युवालाई डिजिटल सीप पासपोर्ट
बैशाख २८, २०८३ १७:३२
काठमाडौँ । सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न मिल्ने गरी ‘रिमोट वर्क’ नीतिको कानुनी व्यवस्था गर्ने भएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ राष्ट्रिय रोजगारी नीतिसहित रिमोट वर्कलाई सम्बोधन गर्ने योजना सार्वजनिक गरेका हुन् ।
“नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सीप, शिक्षा, श्रम बजार, सूचना, सामाजिक सुरक्षा र रोजगारी सेवा प्रणालीलाई एकीकृत गरिनेछ । कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय आन्ट्रप्रेनियरशिप कार्यक्रम सञ्चालन गरिनेछ,” राष्ट्रपतिले भने, “नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्केका युवाको सीपलाई डिजिटल सीप पासपोर्टमार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यवसाय प्रमाणीकरण उपलब्ध गराइनेछ ।”
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:४०
