close

आफ्नाे पहिलो विद्युतीय कार सार्वजनिक गर्ने बित्तिकै फरारीको शेयर मूल्यमा भारी गिरावट

टेकपाना टेकपाना

जेठ १२, २०८३ १३:५७

आफ्नाे पहिलो विद्युतीय कार सार्वजनिक गर्ने बित्तिकै फरारीको शेयर मूल्यमा भारी गिरावट

काठमाडौँ । इटालीको लक्जरी स्पोर्ट्सकार ब्रान्ड फरारीले आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेलगत्तै कम्पनीको शेयर मूल्यमा ठुलो गिरावट आएको छ । मङ्गलबार सुरुवाती कारोबारमै कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो । मिलान स्टक एक्सचेन्जमा सूचीकृत फरारीको शेयर पछिल्लो १२ महिनामा करिब २७ प्रतिशतले घटिसकेको सीएनबीसीले लेखेको छ ।

फरारीले सोमबार रोममा आयोजित कार्यक्रममा लूस (Luce) नामक आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेको हो । इटालियन भाषामा को अर्थ ‘प्रकाश’ हुन्छ । कम्पनीले यो नामले ‘स्पष्टता र दिशाबोध’ झल्काउने जनाएको छ ।

बहुप्रतिक्षित यो मोडलले परम्परागत फरारी डिजाइन शैलीभन्दा फरक स्वरूप प्रस्तुत गरेको बीबीसीले लेखेको छ । पोर्स, ल्याम्बोर्गिनी लगायत अन्य लक्जरी कार निर्माता कम्पनीहरूले कमजोर मागका कारण आफ्ना विद्युतीय कार योजनाहरू सुस्त बनाइरहेको समयमा फरारी ईभी बजारमा प्रवेश गरेको हो । फरारीले आफ्नो पहिलो पूर्ण विद्युतीय कारको मूल्य ६ लाख ४० हजार डलर तोकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १५:८