close

भायानेटले ल्यायो ९९९ रुपैयाँ पर्ने ‘फुटबल २०२६ पास’, विश्वकपका सबै खेलको लाइभ हेर्न सकिने

टेकपाना टेकपाना

जेठ २४, २०८३ १७:९

भायानेटले ल्यायो ९९९ रुपैयाँ पर्ने ‘फुटबल २०२६ पास’, विश्वकपका सबै खेलको लाइभ हेर्न सकिने

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट लिमिटेडले ‘फुटबल २०२६ पास’ सार्वजनिक गरेको छ । यो पासमार्फत ग्राहकहरूले भायाटिभीमा उपलब्ध हिमालय स्पोर्ट्स् च्यानलबाट विश्वकपका सबै १०४ खेल हेर्न सक्ने छन् ।

कम्पनीका अनुसार विश्वकप हेर्नका लागि प्रति टिभी ९ सय ९९ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । पास खरिद गरेपछि दर्शकहरूले प्रतियोगिताभरका सबै खेलहरू लाइभ हेर्न सक्नेछन् । यो पास खरिद गर्न ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे वा कनेक्ट आईपीएस जस्ता डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न सक्नेछन् । साथै भायाटिभीमा देखिने क्यूआर कोड स्क्यान गरेर वा नजिकको भायानेट आउटलेटमार्फत पनि पास लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसरी खरिद गरिएको पास एउटा टिभीका लागि मात्र मान्य हुनेछ । एउटै घरमा एकभन्दा बढी टिभी भए प्रत्येक टिभीका लागि छुट्टाछुट्टै पास खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । विश्वकप २०२६ मा कूल ४८ टोली सहभागी हुँदै छन् भने प्रतियोगिताभर १०४ खेल हुनेछन् । नेपालमा हिमालय स्पोर्ट्स् च्यानल र ओटीपी तर्फ डीगो एपमार्फत प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १८:२४