close

कन्सर्ट, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको टिकट काट्न मिल्ने ‘तिम्रो टिकट’ एप सार्वजनिक

टेकपाना टेकपाना

जेठ ३१, २०८३ १३:४९

कन्सर्ट, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको टिकट काट्न मिल्ने ‘तिम्रो टिकट’ एप सार्वजनिक

काठमाडौं । प्रविधि कम्पनी 'बि एण्ड बि टेक ग्रुप' ले ई-टिकेटिङ मोबाइल एप  ‘तिम्रो टिकट’ सार्वजनिक गरेको छ । विभिन्न कार्यक्रम, कन्सर्ट, खेलकुद तथा सांस्कृतिक गतिविधिका टिकेट खरिद र व्यवस्थापनलाई डिजिटल, सुरक्षित र सहज बनाउने उद्देश्यसहित उक्त एप बजारमा ल्याइएको कम्पनीले जानकारी गराएको छ ।

‘तिम्रो टिकट’ एपले नेपालमा डिजिटल टिकेटिङ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा रहेको कम्पनीको भनाइ छ । यो एपलाई प्रयोगकर्ता–मैत्री डिजाइनमा तयार गरिएको र टिकेट खरिद, वितरण तथा व्यवस्थापन प्रक्रियालाई सरल र व्यवस्थित बनाउने कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले जानकारी गराएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा यो एप सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बि एण्ड बि टेक ग्रुपसँगै बि एण्ड बि टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज र हाकिम इन्टरटेन्मेन्टबिच सहकार्यको घोषणा पनि गरिएको थियो । यस सहकार्यले प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास र मनोरञ्जन क्षेत्रबिच समन्वय बढाउँदै नयाँ अवसर सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १३:५४