close

विमान दुर्घटनापछि कर्मचारीको मनोबल बढाउन एयर इन्डियाले ल्यायो ‘अमाह’ हेल्थ एप

टेकपाना टेकपाना

साउन २२, २०८२ १६:३१

विमान दुर्घटनापछि कर्मचारीको मनोबल बढाउन एयर इन्डियाले ल्यायो ‘अमाह’ हेल्थ एप

काठमाडौँ । एयर इन्डियाले आफ्ना कर्मचारीहरुको भावनात्मक र मानसिक स्वास्थ्यलाई सहयोग पुर्‍याउन भन्दै मोबाइल एप सार्वजनिक गरेको छ । एयर इन्डियाले “अमाह” नाम मोबाइल एप्लिकेसन लन्च गरेको हो । भारतको अहमदाबादमा विमान दुर्घटना भएपछि एयर इन्डियाले आफ्ना पाइलट र क्याबिन क्रूका लागि शान्त र सहज वातावरण निर्माण गर्ने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

६०० भन्दा बढी विशेषज्ञले self-care techniques, one-to-one therapy र psychiatry sessions डिजाइन गरेका छन् । जसले एयर इन्डियाका कर्मचारीहरुको मानसिक स्वास्थ्यलाई व्यवस्थापन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

एपमा मुड ट्र्याक गर्ने, एआईमा आधारिक च्याटबट सपोर्टसहितका टुल पनि राखिएको छ ।

अहमदाबादमा विमान दुर्घटना भएपछि एयर इन्डियाका ११२ भन्दा बढी पाइलटहरूले जुन १६ को एकै दिन बिरामी परेको रिपोर्टिङ गरेका थिए । जसमध्ये ५१ कमान्डर्स (पी-वान) र ६१ फर्स्ट अफिसर्स (पी-टू) थिए । 

एपमार्फत एयर इन्डियाका कर्मचारीहरुले वान-टू-वान सेसनका लागि विशेषज्ञको बुकिङ लिन सक्ने छन् ।

जुन १२ तारिखमा एयर इन्डियाको बोइङ ७८७ अहमदाबादबाट लन्डनका लागि टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको थियो । जसमा २६० जनाको मृत्यु भएको थियो भने १ जना यात्रु मात्रै बाँच्न सके ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १६:३१