काठमाडौं । काठमाडौंको व्यस्त सडकमा लापरवाहीपूर्ण तरिकाले बस चलाउने चालक ट्राफिक कारबाहीमा परेका छन् ।
केही दिनदेखि सामाजिक सञ्जालमा बा ४ ख १११ नम्बरको बसले सडकको बीचमा रहेको डिभाइडर नाघेर सवारी कुदाएको भिडिओ भाइरल भएको थियो ।
भिडिओमा चालकले ट्राफिक जाम छल्नका लागि जोखिमपूर्ण ढंगले डिभाइडरमाथि बस चढाएको देखिन्छ । भिडिओ सार्वजनिक भएपछि सर्वसाधारणले चर्को आलोचना गर्दै चालकमाथि कडा कारबाहीको माग गरेका थिए ।
सोही जनगुनासो र प्राप्त भिडिओ प्रमाणका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी एयरपोर्ट कार्यालयले चालक भीम बहादुर तामाङलाई बुधबार चिट काटेको हो ।
पछिल्लो अध्यावधिक: असार ४, २०८३ १४:२६
