close

आदिवासी जनजातीलाई एआई र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निःशुल्क तालिम, यसरी गर्नुहोस् रजिस्ट्रेसन

टेकपाना टेकपाना

असार ३०, २०८३ ९:५८

आदिवासी जनजातीलाई एआई र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निःशुल्क तालिम, यसरी गर्नुहोस् रजिस्ट्रेसन

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवालाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सामाजिक सञ्जाल प्रयोगबारेमा निःशुल्क तालिम दिने भएको छ । प्रतिष्ठानका अनुसार तालिममा एआईको आधारभूत प्रयोग, सामाजिक सञ्जालको प्रभावकारी उपयोग, डिजिटल सामग्री (कन्टेन्ट) निर्माण तथा डिजिटल सीप विकाससँग सम्बन्धित विषय समेटिनेछ । 

तालिम बिहीबार (३२ असार) देखि ६ साउनसम्म सञ्चालन हुनेछ । यसमा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सक्नेछन । तालिम पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले सकेसम्म धेरै सहभागीलाई समेट्ने प्रयास गरिने प्रतिष्ठानका निमित्त प्रमुख रामकुमार मादेनले बताएका छन् ।

सहभागीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो । प्रतिष्ठानले इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिलाई बुधबार (३१ असार) राति १२ बजेभित्रमा अनलाइन फारम भरेर आवेदन दिन अनुरोध गरेको छ । 

 

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ ९:५८