सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपाली बजारमा, मासिक किस्ता रु. १५१९ देखि १५० जीबी डेटा उपहार
असार ३०, २०८३ ११:५७
काठमाडौं । सामसङले नेपाली बजारमा ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ फाइभजी भित्र्याएको छ । युवा पुस्तालाई लक्षित गरी ल्याइएको फोनमा प्रिमियम एआई सुविधादेखि ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको 'असम इन्टेलिजेन्स' (Awesome Intelligence) हो । यसले गुगल जेमिनाई र पर्प्लेक्सिटी जस्ता एआई असिस्टेन्टहरूलाई सपोर्ट गर्छ भने विद्यार्थी र प्रोफेसनलहरूका लागि निकै उपयोगी 'भ्वाइस ट्रान्सक्रिप्सन' सुविधा पनि दिएको छ ।
फोनमा ६.७ इन्चको ठुलो फुल एचडी प्लस एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट र अपग्रेड गरिएको इन्फिनिटी-ओ डिजाइन समावेश छ । स्लिम ७.८ एमएम प्रोफाइलमा उपलब्ध यो फोन लाइट ग्रीन, लाइट पिंक र ब्ल्याक गरी तीन रङमा बजारमा आएको छ ।
पर्फमेन्सका लागि ४ एनएमको स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ । फोटोग्राफीका लागि ओआईएस प्रविधि सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ भने सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
यसमा २५ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएचको ब्याट्री छ भने सुरक्षाका लागि सामसङ नक्स भोल्ट उपलब्ध छ।
नेपाली बजारमा ग्यालेक्सी ए२७ फाइभजीको ६/१२८ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ र ८/५१२ जीबी भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
खरिदमा सहज बनाउन सामसङले २४ महिनाको ईएमआई सुविधा पनि ल्याएको छ, जसअन्तर्गत मासिक एक हजार ५१९ रुपैयाँको किस्तामा फोन खरिद गर्न सकिनेछ । साथै, पुराना फोन साट्न चाहने ग्राहकलाई ८,००० रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस र एनसेलको १२० जीबी डेटा उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ ११:५८
