काठमाडौं । नेपालको सूचना प्रविधि उद्योगमा ‘इन्फोडेभलपर्स’ ब्राण्ड पक्कै नयाँ होइन । स्वदेशी सफ्टवेयरको प्रसङ्ग आउनासाथ धेरैले यो कम्पनीको नाम लिन्छन् । १९ वर्षदेखि सफ्टवेयर निर्माण क्षेत्रमा क्रियाशील इन्फोडेभलपर्सले विशेषगरी लघुवित्त तथा सहकारी संस्थाका लागि कोर...
