close

एनसेलले ल्यायो ‘डेटा सधैं अन’ अभियान, सुलभ दरमा विभिन्न सेवा र अफर आउने

टेकपाना टेकपाना

भदौ २१, २०७८ १३:२२

एनसेलले ल्यायो ‘डेटा सधैं अन’ अभियान, सुलभ दरमा विभिन्न सेवा र अफर आउने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ ।

यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं ‘कनेक्टेड र अन’ रहन प्रोत्साहन गर्दछ ।

कम्पनीले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई तिहाईभन्दा बढी जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको जनाएकाे छ ।

कोभिड-१९ को महामारीले निम्ताएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशका ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको जानकारी दिएकाे छ ।

उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुन:उत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाइदिएको छ ।

देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्च गतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेकाे एनसेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफूले चलाइरहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् ।

फोरजी/एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडिओ सामग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिन्छ ।

‘उच्च गतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनिसकेको छ, किनकि यसले शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।

आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको विज्ञप्तिबाट जनाइएकाे छ ।

मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने छ ।

एनसेलका ग्राहकले *१७१२३# डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।

एनसेलले देशभरी ७२ लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यसमध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३