close

गुगल र एप्पलले हटाए ८ लाख असुरक्षित एप

टेकपाना टेकपाना

असोज ६, २०७८ १८:२६

गुगल र एप्पलले हटाए ८ लाख असुरक्षित एप

काठमाडौं । सन् २०२१ को पहिलो ६ महिनामा मात्रै प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित गर्दै एप्पलले आफ्नो एप स्टोर र गुगलले आफ्नो प्ले स्टोरबाट करिब ८ लाख एप हटाएका छन् ।

प्रयोगकर्ताका लागि गोपनीयताको प्रत्याभूत नभएको र विभिन्न सुरक्षा चुनौती देखिएका कारण गुगल र एप्पलले लाखौं एप हटाएका हुन् ।

अनलाइन एप स्टोर हुनुअघि गुगल प्ले स्टोरबाट ती एप ९ अर्बभन्दा पटक भन्दा बढी डाउनलोड भएका छन् भने एप स्टोरममा दुई करोड युजर रिभ्यु रहेको डिलिस्टेड मोबाइल एपले तयार पारेको रिपोर्टमा उल्लेख छ ।

यद्यपि हटाइएको भनिएका एप अझै स्मार्टफोनबाट डाउनलोड गर्न मिल्ने भएको उल्लेख गर्दै डिलिस्टेडले प्रयोगकर्ताको सुरक्षाप्रति चिन्ता जनाएको छ ।

हटाइएका कुल एपमध्ये २५ प्रतिशत प्ले स्टोरका छन् भने ५९ प्रतिशत एप स्टोरका छन्, जसको कुनै पनि प्राइभेसी पोलिसी छैन ।

रिपोर्टका अनुसार हटाइएका करिब ६६ प्रतिशत एपले प्रयोगकर्ताको सुरक्षासँग जोडिएको जोखिमपूर्ण ‘पर्मिसन’ हरू माग्ने गरेका थिए ।

यस्ता जोखिमपूर्ण अनुमतिले प्रयोगकर्ताको गोप्य डेटासम्म एपलाई सहजै पहुँच दिने रिपोर्टले जनाएको छ ।

यसले डिभाइसको सिस्टममै र डिभाइसमा रहेका अन्य एपहरूलाई पनि प्रभाव पार्नसक्ने उल्लेख गरिएको छ । त्यस्तै २७ प्रतिशत एपमा भने डिभाइसको जीपीएस सिस्टमको पहुँच भएको पाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१