काठमाडौं । सर्च इन्जिन कम्पनी गुगलले हालै कयौं नयाँ सर्च फिचर प्रस्तुत गरेको छ । जसलाई चाँडै रोलआउट हुनसक्ने ठानिएको छ । यी नयाँ फिचर सार्वजनिक भएपछि गुगलमा सर्च गर्न अझ धेरै सहज र आनन्ददायी हुनेछ ।
गुगलको भर्चुअल सर्च टुल गुगल लेन्सलाई अब राम्ररी अपडेट गरिएको छ । यद्यपि गुगल लेन्समा एआईमा आधारित एउटा नयाँ ‘ल्याङ्ग्वेज’ फिचर आउनेछ । गुगलको तर्फबाट यो नयाँ लेन्स मोडको अप्सन उपलब्ध गराइनेछ ।
जुन आईओएसमा आधारित गुगल एपका लागि हुनेछ । गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाईले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । आउँदा गुगल सर्च फिचरको विशेषता के छ भने प्रयोगकर्ताहरूले अक्षरका साथै तस्वीर समेत सर्च गर्न सक्नेछन् ।
यसका लागि गुगलले परिष्कृत आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रयोग गरेको छ । जसको सहयोगमा अक्षरका साथै फोटो समेत सर्च गर्न सकिनेछ । यी सुविधाहरू गुगल लेन्स टुल्समा समावेश हुनसक्ने अनुमान छ ।
यसबाट ई-कमर्स प्लेटफर्ममा कुनै पनि चिज खोजी गर्न सहज हुनेछ । गुगलका वरिष्ठ उपाध्यक्ष प्रभाकर राघवनको भनाइमा यदि तपाईं कुनै सर्टिफिकेटको तस्वीरलाई एड्भान्स सर्चको रुपमा सर्च गर्नुहुन्छ भने गुगलले तपाईंलाई यस्ता कयौं प्याटर्न देखाउनेछ, जसबाट तपाईं आफ्नो सर्टिफिकेटको प्याटर्न केबाट प्रेरित छ भन्ने कुरामा निश्चिन्त हुन सक्नुहुनेछ ।
यस किसिमको प्रविधिलाई युट्युव तथा अन्य स्ट्रिमिङ प्लेटफर्म जस्ता भिडिओमा समेत उपयोग गर्न सकिनेछ । उदाहरणको रुपमा लिने हो भने यदि तपाईंको बाइक बिग्रियो र त्यसलाई बनाउनका लागि टिप्स आवश्यक पर्यो ।
यस्तोमा बाइकको बिग्रीएको भागको तस्वीर प्रयोग गरेर सर्च बक्समा राखेर उपयुक्त भिडिओ ट्युटोरियल फेला पार्न सक्नुहुनेछ । यसका साथै गुगल सर्च प्लेटफर्ममा एउटा अर्को सर्चिङको विकल्प समेत प्राप्त हुनेछ ।
यदि डेस्कटपमा रहेको क्रोम ब्राउजरमा देखिएको कुनै चिज मन पर्यो र त्यस्तै चिज सर्च गर्न चाहनुहुन्छ भने यो फिचरले तपाईँका लागि सहयोगी बन्नेछ । यो फिचर गुगल शपिङसँगै अमेजन जस्ता माध्यममा समेत उपयोग हुने सम्भावना छ ।