close

को हुन् सञ्चारमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्की ?

टेकपाना टेकपाना

असोज २२, २०७८ १७:२७

को हुन् सञ्चारमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्की ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेकी छन् । जसमा सञ्चार मन्त्रीको रुपमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् ।

मन्त्री कार्कीले काङ्ग्रेसकातर्फबाट सञ्चार मन्त्रालयको जिम्मेबारी पाएका हुन् । कार्की हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री थिए । जिम्बेवारी हेरफेर गर्दै उनलाई सञ्चारमा ल्याइएको हो । मन्त्री कार्कीले आजै शपथ ग्रहण गर्नेछन् । यसको साथै उनी देउवा सरकारको प्रवक्ता समेत रहेका छन् ।

यसअघि शेरबहादुर देउवा र केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा उनी अर्थ मन्त्री समेत भएका थिए । त्यसअघि उनले उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ सुनसरी जिल्लाबाट सांसदमा निर्वाचित उनी भोजपुरमा जन्मिएका हुन् ।

मन्त्री कार्कीले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०३९ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ को अध्यक्ष समेत हुन् । कुनै समय उनी कृष्ण प्रसाद भट्टराईका विश्वास पात्रको रुपमा समेत चिनिन्थे । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१