close

इयरफोन वा हेडफोन खरिद गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

असोज २२, २०७८ १७:१८

इयरफोन वा हेडफोन खरिद गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडौं । बजारमा इयरफोन, हेडफोन र इयरबड्सको माग बढ्दै गएको छ । त्यसैअनुसार अनेक किसिमका उत्पादन बजारमा आउने क्रम बढेको देखिन्छ ।

यस्तोमा तपाईं पनि इयरफोन, हेडफोन वा इयरबड कुन खरिद गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने आज हामी तपाईंलाई त्यसको विषयमा बताउँदै छौं । जसले तपाईंलाई उचित निर्णय लिन सहयोग पुग्नेछ । 

इयरफोन तथा हेडफोनः

बजारमा दुई प्रकारका इयरफोन तथा हेडफोन उपलब्ध छन्, वायर्ड तथा ब्लुटुथ (वायरलेस) । ब्लुटुथ हेडफोन वा इयरफोनलाई चार्ज गर्नुपर्ने हुन्छ । जुन केही गह्रौं पनि हुने गर्दछन् । किनभने यस्ता हेडफोन तथा इयरफोनमा इनविल्ड ब्याट्री समेत हुने गर्दछ ।

यदि तपाईं दैनिक कयौं घन्टासम्म हेडफोन प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि वायर अर्थात तारयुक्त हेडफोन उपयुक्त हुन्छ । 

ओभर इयर हेडफोनः 

ओभर इयर हेडफोनले कानलाई पूर्णतः छोपेर राख्छन् । त्यसैले यस्ता हेडफोनको आकार पनि ठूलो हुन्छ र ठूला ड्राइभर समेत सजिलै लगाउन सकिन्छ । यसको फाइदा भनेको राम्रो आवाज र बेस प्राप्त गर्न सकिन्छ ।

यस्ता हेडफोन लगाउँदा बाहिरी आवाज निकै कम मात्र सुन्न सकिन्छ । किन भने सम्पूर्ण रुपमा कान ढाक्ने भएकाले यस्ता हेडफोनले त्यस्तो आवाज रोक्ने गर्दछन् । तर यस्ता ओभर इयर हेडफोनले कानमा दबाब भने पर्ने गर्छ । 

इयरबड्सः 

इयरबड्स हेडफोनकै सानो रूप हो । यसमा इयरफोन तथा हेडफोन दुवैको अनुभव गर्न सकिन्छ । तर इयरफोनको तुलनामा इयरबड केही महँगा हुने गर्दछन् । 

ज्याकको प्रकारः 

अधिकांश हेडफोन तथा इयरफोनमा ३.५ एमएम ज्याक दिइएको हुन्छ । केही हेडफोन यूएसबी टाइप-सी कनेक्टिभिटीका साथ समेत बजारमा आउन थालेका छन् । यूएसबी टाइप-सी भएका हेडफोन चार्जिङको समयमा प्रयोग गर्न सकिँदैन ।

किनकि चार्जिङ र कनेक्टिभिटीका लागि त्यसमा एउटै पोर्ट दिइएको हुन्छ । यस्तोमा चार्जिङ र कनेक्टिभिटीका लागि छुट्टाछुट्टै पोर्ट भएको हेडफोन चयन गर्दा राम्रो हुन्छ । त्यस्तै वायरलेस स्पिकर वा इयरफोनबाट समेत यस्तो समस्या कम गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१