काठमाडौं । साओमी नेपालले ‘महापर्वको उमङ्ग’ को ट्यागलाइन अन्तर्गत ‘दशैं विथ मि’ नामक दशैं अभियानको समयावधि थप गरेको छ ।
यसअघि असोज २९ गतेसम्मका लागि मात्र सञ्चालित यो अभियान अब कात्तिक २१ गतेसम्म लागू हुनेछ ।
यस अफरअन्तर्गत मि टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मि लाइट वाच, हरेक हप्ता एक जनाले रेड्मी नोट नाइन र बम्पर उपहारमा चार जनाले मि ११ स्मार्टफोन प्राप्त गर्नेछन् ।
त्यस्तै मि फोन वा पोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकले दैनिक मि ब्लुटुथ स्पिकर, हरेक हप्ता एक जनाले ४३ इन्चको मि टिभी र बम्पर उपहारमा चार जनाले मि ११ स्मार्टफोन प्राप्त गर्नेछन् ।
| Products | Gifts | Person | Period of Time |
| Xiaomi and POCO mobile | Mi Bluetooth Speaker | 2 | Daily |
| MI TV | Mi light Watch | 1 | Daily |
| Xiaomi and POCO mobile | Mi Tv 43 inch | 1 | Weekly |
| MI TV | Redmi Note 10 Pro | 1 | Weekly |
| Xiaomi and POCO mobile | Mi Tv 65 inch | 4 | Bumper |
| MI TV | MI 11 smart phone | 4 | Bumper |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
