close

ह्वाट्सएपको स्टाटस अपडेटमा ‘अनडू’ बटन आउँदै

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १२:१६

ह्वाट्सएपको स्टाटस अपडेटमा ‘अनडू’ बटन आउँदै

काठमाडौं । ह्वाट्सएपको स्टाटअस अपडेटमा अनडू बटन उपलब्ध हुने भएको छ । ह्वाट्सएपले परीक्षण गर्ने नयाँ नयाँ फिचरबारे खुलासा गर्दै आएको ट्वीटर ह्याण्डल वीबेटाइन्फोले सार्वजनिक गरेको जानकारी अनुसार यो फिचरको ह्वाट्सएपले परीक्षण गरिरहेको छ ।

ह्वाट्सएप स्टाटस अपडेट पनि इन्स्टाग्राम र फेसबुक स्टोरिजजस्तै २४ घण्टापछि स्वतः हराउँछ । ह्वाट्सएपमा आउने अनडू फिचरले कुनै प्रयोगकर्ताले झुक्किएर अपडेट गरेको फोटोहरू तत्काल हटाउने सुविधा दिनेछ ।

सार्वजनिक भएको स्क्रिनशट अनुसार अनडू बटन स्टाटस सेन्ट बटनको छेउमा हुनेछ । यसले गर्दा प्रयोगकर्ताले झुक्किएर अपडेट गरेको फोटो तत्कालै हटाउन सजिलो हुनेछ ।

अहिले पनि ह्वाट्सएप स्टाटस डिलिट गर्ने सुविधा भने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१