काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा भारी गिरावट आउँदा एक बिटक्वाइन कारोबारीले एक दिनमै २.५ बिलियन अमेरिकी डलर अर्थात् तीन खर्ब रूपैयाँभन्दा बढी गुमाएका छन् ।
क्रिप्टाेकरेन्सी मार्केट १६.५ प्रतिशतले खस्किँदा यसकाे असर ती बिटक्वाइन काराेबारीलाइ परेकाे हाे । क्रिप्टोबजारमा वास्तविक नाम नखुलाईकन कारोबार गरिरहेका ती व्यक्तिसँग गत शुक्रबारसम्म १६.२९ बिलियन डलर बराबरका दुई लाख ८८ हजार बिटक्वाइन थियो ।
बिटइन्फाे चार्टका अनुसार शनिवार विहान कारोबार सुरु हुनुअघि उनीसँग १५.४५ बिलियन डलर बराबरकाे बिटक्वाइनमात्र साथमा थियाे ।
यसपछि पनि घट्ने क्रम राेकिएन । शनिबार बेलुकासम्म आइपुग्दा ती अभागी काराेबारीसँग १३.८१ बिलियन डलर बराबरको बिटक्वाइन थियो ।
यो हिसाबले उनले एक दिनमै २.४८ बिलियन डलरबराबरकाे बिटक्वाइन गुमाएका छन् ।
पछिल्ला केही दिनमा बिटक्वाइन, इथर, डजक्वाइन र अन्य क्रिप्टोकरेन्सीको मूल्य लगातार घटिरहेको छ ।