close

जागिर होइन, व्यवसाय कसरी गर्ने भनेर गुगल सर्च गर्छन् मानिस

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १९:३४

जागिर होइन, व्यवसाय कसरी गर्ने भनेर गुगल सर्च गर्छन् मानिस

काठमाडौं । गुगल सर्चले हामीलाई धेरै सहज बनाइदिएको छ । व्यक्तिगत र व्यवसायिक जीवनमा गुगल सर्च अब सामान्य बनिसकेकाे छ । केही जान्नपर्‍याे वा खाेज्नुपर्‍याे भने गुगल नै पहिलाे विकल्प भएकाे छ ।

यसैबीच सन् २०२१ मा गुगलमा जागिर खोज्नेभन्दा व्यवसायी कसरी गर्ने भन्ने विषयमा धेरै खाेजी भएकाे पाइएकाे छ । अघिल्ला वर्षहरूमा जागिर खाेज्नेहरूकाे संख्या तुलनात्मक रूपमा बढी हुन्थ्याे भने याे वर्ष व्यवसायिक परामर्श खाेज्नेहरूकाे संख्या बढेकाे हाे ।

हालै गुगलले वर्षभर सर्वाधिक खोजिएका विषयवस्तुको बारेमा रिपोर्ट सार्वजनिक गरेकाे छ । यसअन्तर्गत मानिसहरूले यो वर्ष जागिर, इन्टर्नशिप लगायत अवसरको खोजीभन्दा पनि आफ्नै व्यवसाय सुरु गर्ने विषयमा गुगलमा धेरै खोजी गरेका छन् ।

२०२० मा कोरोना महामारीले विश्वभरी नै लाखौं मान्छेको जागिर गुमेको थियो । यसलगत्तै २०२१ को जनवरी महिनामा अर्थतन्त्त्र विधातर्फ सर्वाधिक खोजी भएको विषय ‘कसरी आफ्नै व्यवसाय सुरु गर्ने’ भन्ने रहेको गुगलले जनाएको छ ।

गुगलको रिपोर्ट हेर्ने हो भने सन् २०२० मा धेरै मान्छेहरूले कोरोना भाइरसको बारेमा, यसको प्रभाव, कोरोना भ्याक्सिन लगायतको विषयमा धेरै खोजी भएको थियो भने २०२१ मा आएर आफ्नो जीवनलाई पहिलेको जस्तै बनाउन र महामारीबाट बाहिर आउनका लागि धेरै खोजी भएको देखिन्छ ।

विगतका वर्षमा भन्दा यो वर्ष ‘how to heal’ अर्थात् कसरी सबै ठीक गर्ने वा कसरी आफूलाई पुरानो कुरा भुलाएर अगाडि बढ्ने जस्ता विषयमा गुगलमा धेरै खोजी भएकाे छ ।

गुगलले सार्वजनिक गरेको भिडिओमा जीवनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विगतका दिनमा भन्दा धेरै खोजी भएको छ ।

यसरी खोजी भएको जिज्ञासामा आफ्नो मानसिक स्वास्थ्यलाई कसरी ख्याल गर्ने, अरुलाई कसरी सम्मान गर्ने, अर्को लकडाउन हुन्छ कि हुँदैन, कसरी बलियो बन्ने, मैले कहिले भ्याक्सिन लगाउन पाउँछु, मेरो जीवनको अस्तित्व के हो, स्टप एसियन हेट (एसियालीहरूलाई घृणा गर्न छोड), हाम्रो ग्रहलाई कसरी जोगाउने लगायतका विषय विगतका वर्षमा भन्दा धेरै खोजी भएको छ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२